अमेरिकी डलरको भाउ फेरि १ सय ४५ रुपैयाँ नाघ्यो

काठमाण्डौ – अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो । आज अमेरिकन डलर एकको खरिददर १ सय ४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यो यस अघि कायम कीर्तिमानकाे नजिक हो । यस अघि गएको पुष २ गते अमेरिकी डलर एकको खरिददर अहिलेसम्मकै उच्च एक सय ४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । पछिल्ला केही महिनादेखि अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा महँगो बनेको छ ...