नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले डडेल्धुराबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने हो भने आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ‘डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने, वर्तमान समयको माग र पदचाप अनुसार मेरो उम्मेदवारी रहनेछ’, इन्जिनियर समेत रहेका भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाको साथसहित नेपाली कांग्रेसको तर्फबाट रुख चिह्न र चारतारे झण्डा लिएर म...