लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ ।  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रभावशाली नेताहरू लुम्बिनी प्रदेशबाट उम्मेदवार बनेका छन् । संयोजक दाहाल रुकुमपूर्वबाट उम्मेदवार बनेका छन् ।  दाहाल ५ औं पटक क्षेत्र परिवर्तन गरी लुम्बिनी प्रदेशको एक मात्र हिमाली तथा संघीयतापछि बनेको कान्छो जिल्लाबाट उम्मेदवार बन्न पुगेका हुन् । यस्तै, रोल्पाबाट वर्षमान पुन उम्मेदवार बनेका छन् । पुन रोल्पाबाट चुनाव जित्दै आएका नेता हुन् । बर्दिया–१ बाट वामदेव गौतम उम्मे...