पहिलो नम्बरमा सिफारिस भएका एमाले नेता विष्णु रिजालले टिकट नपाएपछि के भने ?

नेकपा एमालेका युवा नेता विष्णु रिजालले यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि टिकट नपाएपछि गुनासो पोखेका छन् । दैलेख क्षेत्र नम्बर २ बाट लगातार तेस्रोपटक सिफारिस भएपनि उनले टिकट पाउन सकेका छैनन् । यसपटक उनी उम्मेदवार चयनका  लागि भएको निर्वाचनमा पहिलो भएका थिए । जिल्ला र प्रदेश कमिटीले उनको नाम पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उनको ठाउँमा लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिलाएका छन् । आफू नेतृत्वको रोजाइमा पर्न नसकेपछि रिजालले सामाजिक सञ्जालमार्फत् दैलेखी  जनतासँग माफी मागेका...