किसानलाई मलको मात्राबारे जानकारी नहुँदा माटोको गुणस्तर खस्कँदै

चितवन – मलको जथाभावी प्रयोगका कारण माटोको उत्पादन क्षमता खस्कदै गएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा रहेको चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले यस्तो बताएका हुन् । विज्ञका अनुसार मलको मात्रा बारेमा किसानलाई जानकारी नहुनु मुख्य समस्या बनेको छ । उनीहरुले किसानलाई रासायनिक मलको समुचित प्रयोगका लागि सचेतना तथा तालिम आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीमा आबद्ध खड्काकुमारी खत्रीले धेरै उत्पाद...