४ माघ, जनकपुरधाम । जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गरेका छन् । उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराएका हुन् । महतोलाई सिरहा ४ बाट जनमतले उम्मेदवार बनाउने सिफारिस गरेको छ ।