दाङ-१ मा मेटमणिले टिकट पाएपछि स्वतन्त्र उठ्ने कुलप्रसादको चेतावनी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । दाङ-१ बाट चुनाव लड्नेगरि तयारी गरेका केसीले सो क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि आफू आवश्यक परेको अवस्थामा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए ।  ‘मैले चुनाव लड्ने चाहेको र सिफारिस पनि भएको दाङ–१ राप्ती उपत्यका हो’, उनले लोकान्तरसँग भने, ‘आज १ बजेसम्म अन्तिम रूपमा उम्मेदवार टुंगो लाग्छ । त्यो बेलासम्म लागेन भने स्वतन्त्र चुनाव लड्छु ।’ अन्य ...