पूर्वमन्त्री तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रामनाथ अधिकारी गगन थापाको पक्षमा खुलेका छन् । अधिकारी हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति निर्वाचित भएका थापाको पक्षमा खुलेका हुन् । उनले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सभापतिमा निर्वाचित थापा नेतृत्वको टिमलाई बधाई दिएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालानिकट रहेका सभापति अधिकारीले अब निर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवे...