समानुपातिक छाडेका विपिनलाई रास्वपाले काठमाडौं-२ मा उम्मेदवार बनाउने

४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन् । समानुपातिक उम्मेदवार हुने सूचीमा रहेका आचार्यले नाम फिर्ता लिएका थिए । अघिल्लो चुनावमा सोविता गौतमले जितेको काठमाडौं–२ मा सहमहामन्त्री आचार्य उठ्न लागेका हुन् । सोविता यसपटक चितवन–३ मा उम्मेदवार हुने टुंगो लागेको छ ।