टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले दियो थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाएर अलआउट भयो । नेपालकी बिन्दु रावलले ४४ र सोनु खड्काले २६ रन बनाइन् । थाइल्यान्डकी थिपाच्चा पुथावाङले ३ र ओनिचा कामचोम्फुले २ विकेट लिइन् । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्...