तत्कालीन नेकपा माओवादी सशस्त्र संघर्षमा रहेको बेलाका अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका न्यौपानेले गोरखा-२ बाट टिकट पाएका हुन् । गोरखा-२ यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्र हो । प्रचण्ड रूकुमपूर्व गएपछि न्यौपानेले गोरखामा टिकट पाएका हुन् । गोरखा-२ बाट रास्वपाले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई टिकट दिँदैछ भने एमालेको तर्फबाट चक्रे मिलन भनिने मिलन गुरुङ उम्मेदवार बनेका छन् । फाग...