गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध नेपाली कांग्रेसका शेरबहादुर देउवापक्षीय नेताहरू सर्वोच्च अदालत पुगेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू सर्वोच्च अदालत पुगेका हुन् । आयोगले शुक्रबार गगन नेतृत्वको नयाँ कार्यसमितिलाई वैधता दिएको थियो । काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सोअनुसार निर्वाचन आयोगले दल दर्ता किताबमा कांग्रेसको विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । ...