५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीब्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्याएको छ । ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलमा रहेको केनेडी अन्तरिक्ष केन्द्रबाट साढे ६ किलोमिटरको यात्रा गराएर प्रक्षेपण स्थल पुर्याइएको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रकेटलाई विशेष यन्त्रमार्फत ठाडै राखेर सारिएको हो । अब अन्तिम परीक्षण र तयारी सम्पन्न भएपछि १० दिने आर्टेमिस–२ अभियानका लागि चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्...