सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो ।