राजीनामा गरेर रास्वपा बैठकमा सहभागी हुने बालेनको तयारी

संसदीय निर्वाचन लड्ने तयारी गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजीनामा गर्ने तयारी गरेका छन् । उनले आइतबार राजीनामा गरेर पार्टी प्रवेश गर्ने तयारी गरेको रास्वपा स्रोतले बतायो । बालेन आइतबार नै रास्वपा बैठकमा सहभागी हुने रास्वपा स्रोतले बतायो । त्यसका लागि उनलाई पार्टी कार्यालयमा स्वागत कार्यक्रम राखिएको छ । रास्वपाको वरिष्ठ नेता बन्न लागेका बालेनले फागुन २१ गते हुने चुनावमा झापा ५ बाट प्रतिस्पर्धा गर्ने बताएका छन् । आजदेखि रास्वपामा बैठकमा सहभागी हुन लागेका बालेन भोलि जनकपुरमा आयोजना हुन लागेको वृह...