मनोनयनको दिन नजिकिँदा छलफलमा जुट्दै शेखर कोइराला पक्षका नेता

आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको समय नजिकिँदै गर्दा नेपाली कांग्रेसका डा. शेखर कोइरालापक्षीय नेताहरू छलफलमा जुट्ने तयारी गरेका छन् । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले वैधता पाएपछिको परिप्रेक्षमा शेखरपक्षीय नेताहरू छलफलमा जुट्न लागेका हुन् । सोमबार देउवा पक्षले बोलाएको बैठकका लागि सानेपा पुगेका शेखर पक्षका नेताहरूले अब यस्ता बैठकमा सहभागी नहुने बताएका थिए ।   त्यसपछिको परिस्थितिबारे छलफल गर्न दिउँसो साढे १ बजे अनुपम फूडल्यान्डमा बस्ने गरी बैठक बोलाइए...