वैदेशिक रोजगारी छाडेर रामेछापका युवाहरु जुनारखेतीमा

रामेछाप – युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् । जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले बताउनुभयो । उहाँका अनुसार रामेछाप नगरपालिका वडा नमबर ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नम्बर ७ सुकाजोरका रामकुमार कार्कीलगायत धेरै युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । अहिले बगैँचाबाटै जुनार...