नेकपाले टुंग्यायो सिन्धुपाल्चोकका उम्मेदवार, १ मा माधव, २ मा युवराज

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ उम्मेदवार तय गरेको छ । क्षेत्र नम्बर १ मा माधव सापकोटा सुबोध र २ मा युवराज दुलाललाई उम्मेदवार बनाएको छ । २०७९ सालको चुनावमा सापकोटा १ बाट विजयी भएका थिए । दुलाल भने प्रदेशसभामा चुनाव लडेका थिए । एमालेले पनि सिन्धुपाल्चोकका २ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । सिन्धुपाल्चोक १ मा आङदोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङले टिकट पाएका छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारको मनोनयन हुँदैछ । &...