इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ । एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको छ । तर खामेनेईले ती मृत्युहरूका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । अमेरिका मुख्यालय रहेको इरानी अन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी(एचआरएनए) का अनुसार पछिल्लो प्रदर्शनमा हिंसात्मक दमन गरिँदा ३ हजार ९० जनाको ज्यान गएको छ । कतिपय अधिकारवादी संस्थाहरूले मृतकका सङ्ख्या ...