निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेश, देउवा र पूर्णबहादुर निवेदक

गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट पेश गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू आइतबार सर्वोच्च अदालत पुगेर रिट पेश गरेका हुन् । रिट अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइसकेको छैन । सो रिटमा निवेदक देउवा र पूर्णबहादुर रहेको देउवा पक्षका एक नेताले बताए । सुनुवाइको मौका समेत नदिई भएको निर्णय गैरकानूनी रहेकाले उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।  आयोगले शुक्रबार ग...