नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले राजीनामा दिएका हुन् । श्रेष्ठको राजीनामा आएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले लोकान्तरलाई जानकारी दिए । उनी सर्लाही-३ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका श्रेष्ठको ६ वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ । राष्ट्रियसभाका अर्का सदस्य वामदेव गौतमले पनि राजीनामाको तयारी गरेका छन् । गौतम बर्दिया...