आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको छ । एमालेको बलियो जनाधार मानिने यस प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको टिकट पक्का भएको छ भने केही क्षेत्रको निर्णय गर्ने अन्तिम जिम्मा अध्यक्ष ओलीलाई नै दिइएको छ । शनिबार रातिको सचिवालय बैठकले गरेको निर्णय अनुसार झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओली नै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । झापाका अन्य क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे ...