महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाइन् । नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।  यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालकी बिन्दु रावलले ४४ रन बनाइन् । थाइल्यान्डकी थिपाच्चा पुथावाङले ...