कञ्चनपुरमा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको संख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिए । उनका अनुसार महिला मतदाताको संख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नम्बर २ मा सब...