रुपन्देही क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुवास पाण्डे (विश्वदीप) उम्मेदवार बन्ने भएका छन् । उनी तत्कालीन माओवादी नेता स्व. भक्ति पाण्डेका छोरा हुन् । पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक सञ्जाल विभाग प्रमुख समेत रहेका उनी रुपन्देहीको सैनामैना नगरपालिका–१ निवासी हुन् । युवा नेता पाण्डे पहिलो पटक चुनाव लड्न लागेका हुन् । युवाको भावना र जेनजी पुस्ताको प्रतिनिधित्व गरी आफू उम्मेदवार बनेको बताए । उनले यस क्षेत्रका जनताको माया, सद्भावले आफूले चुनाव जित्...