नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचनका लागि दुई चरणमा टिकट वितरण गर्ने भएको छ । पार्टीले आइतबार पहिलो र सोमबार दोस्रो चरणको टिकट वितरण गर्ने गरी तयारी गरिरहेको हो । टिकट वितरणका लागि कांग्रेसले शनिबार संसदीय बोर्ड गठन गरेको थियो । पार्टी पदाधिकारीहरूलाई राखेर बोर्ड गठन गरिएको हो । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले पार्टी पदाधिकारीहरू रहने गरी बोर्ड गठन गरेको हो । उक्त बोर्डले शनिबारबाटै काम गरिरहेको छ । सहमहामन्त्री डिला संग्रौलाका अनुसार अहिले पनि टिक...