काठमाण्डौ – राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव पारित गर्दै सकिएको हो । आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा नभएकाले सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रश्ताव पारित गर्दै माघ ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले बैठक सङ्घीय संसद् सचिवालय सिंहदरबार...