काठमाण्डौ – बालबालिकाहरूले मोबाइल, कम्प्युटर र टिभी हेरेर बिताउने समयले कम्मर दुख्ने समस्या बढाउने नयाँ अध्ययनले देखाएको छ । हेल्थकेयर जर्नलमा हिजो प्रकाशित अध्ययन प्रतिबेदन अनुसार स्क्रिनको अगाडि बढी समय बिताउने बालबालिकामा ढाडको तल्लो भागमा दुख्ने समस्या बढ्ने जोखिम हुन्छ । विश्वभरबाट ६ देखि १८ वर्ष उमेर समूहका झन्डै ५८ हजार बालबालिकाहरूको तथ्याङ्क विश्लेषण गर्दै गरेको अध्ययनले स्क्रिन समयको हरेक थप घण्टाले बालबालिकामा कम्मर दुख्ने समस्याको सम्भावना २६ प्रतिशतले बढाउने देखाएको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा ...