देउवाको मनोवाद : सभाविनाको पति, रुखविनाको सुख !

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेको सुन्दा एकछिन खेदेर छाड्लान् भन्ने लाग्थ्यो, तर खेद्न थालेपछि खेदेको खेद्यै पो गर्दा रहेछन् । चार महिनाअघि अर्काको गोठका बाच्छाहरू जाइलागे । अहिले आफ्नै गोठका बाच्छाहरूले टाउकामा भकारो फालिदिए । (रात गहिरिँदो छ, निदाउन खोज्छु, तर सक्दिनँ) अब सकिँदैन भनेर उतिबेलै छोडेको हो । पूर्णबहादुरलाई कार्यवाहक सुम्पेर पन्छेको थिएँ । पन्छेको पन्छियै गर्न पाएको भए अहिलेको दुःख भोग्नुपर्ने थिएन । सबैले हाईहाई गर्थे, आफ्नै केटाहरूले जबरजस्ती बाईबाई गर्ने थिएनन् । तर के गर्नु पूर्णबहादुर अपूर्ण...