प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रियसभाका ३ सांसदले राजीनामा दिएका छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । यी तीनै जनाले आइतबार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन् । श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका श्रेष्ठको ६ वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ । यस्तै, राष्ट्रियसभाका अर्का सदस्य गौतमले बर्दियाबाट चुनाव लड्ने त...