काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) दिउँसो एक बजे पार्टी कार्यालय पुग्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन एक बजे पार्टी कार्यालय पुग्ने प्रवक्ता मनीष झाले जानकारी दिए। झाका अनुसार बालेन दुई बजेदेखि केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन् । साथै झाका अनुसार पार्टी सभापति रवि लामिछानेलगायत बालेन साह र अन्य नेताहरू आज साँझ ५ बजे जनकपुर प्रस्थान गर्ने कार्यक्रम पनि रहेको छ।