आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिमरूप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका प्रवक्ता मनीष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह सहभागी हुने बताए । रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिए । पार्टी सभापति लामिछाने, वरिष्ठ नेता साहलगायत अन्य नेताहरू आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्...