स्थानीय तहका दुई जनप्रतिनिधि एमाले उम्मेदवार, मनोनयनअघि राजीनामा नदिने

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कोशी प्रदेशका दुई जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा नदिने बताएका छन् ।   आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट टिकट पाएका रंगेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल र ओखलढुंगाबाट टिकट पाएकी लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले राजीनामा नदिने बताएका हुन् । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्दाको बखत कानूनत: पद स्वतः रिक्त हुने तर्क गर्दै छुट्टै राजीनामा दिइरहनु नपर्ने बताएका छन् । ...