नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आफूहरूबाट ‘हाइज्याक’ भएको भन्दै निर्वाचन लड्न गाह्रो हुने बताएका छन् । उनले निर्वाचन आयोगले असंवैधानिक तवरले दिएको निर्णय सर्वोच्च अदालतले सच्याउने आशा रहेको बताए । सर्वोच्चमा रिट निवेदन दिएपछि लोकान्तरसँग कुरा गर्दै उनले अदालतले आफूहरूलाई अधिकारिकता नदिए चुनाव लड्न नसकिने धारणा राखे । ‘पर्सि नोमिनेशन छ । पार्टी हामीसँग छैन, अनधिकृत व्यक्तिले अपहरण गरेको छ,’ उनले भने, ‘रुख छैन । चारतारे झण्डा छैन । कसरी चुनाव लड्न सकिन्छ ?&rsqu...