सुरक्षित क्षेत्र खोज्दै आधार इलाकामा प्रचण्ड, जनार्दनले अघि सारे ‘शहीद परिवारका जेनजी’

२०६४ मा रोल्पाबाट पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुम पूर्वबाट उम्मेदवार बन्ने तयारीमा छन् । २१ पुसमा पश्चिम रुकुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने तयारीमा रहेको जानकारी गराएका थिए । रुकुम–रोल्पा तत्कालीन नेकपा माओवादीको आधार इलाका हो । हरेक चुनावमा निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै फेरि एकपटक आधार इलाकामा फर्किने पक्का भएको छ । रुकुम पूर्वमा माओवाद...