काठमाण्डाै – निर्वाचन आयोगले नेपाली कांग्रेसकाे दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सडक आन्दोलन थालेका छन् । उनीहरूले आयोगको निर्णयलाई अवैधानिक भन्दै सडक प्रदर्शन थालेका हुन् । आज उनीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगको कदम संविधान, कानून र पार्टी विधान विपरीत भएको भन्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको देउवा पक्षले आन्दोलन पनि थालेको छ । यसअघि अस्ति शुक्रवार आयोगको निर्णय सार्वजनिक भए...