४ माघ, काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । शुक्रबारको मन्त्रीस्तरीय निणर्यअनुसार डा. पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा. पौडेल नाक, कान र घाँटीसम्बन्धी अनुभवी चिकित्सकका रूपमा चिनिन्छन् । डा. पौडेलले २०५९ सालमा एमएस (सर्जरी) पूरा गरेपछि भरतपुर अस्पतालमै लामो समय सेवा गरेका थिए । […]