काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग बराबरी खेलेको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोल गरे । खेलमा नेपालले तीन पटक अग्रता लिए पनि बराबरीमा रोकिन पुग्यो । योसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराएको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल,...