शेयर बजार ३१ अङ्कले बढ्याे, ८ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १२ अङ्कले बढेर २ हजार ६ सय ७२ दशमलव ५५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ । आज २ सय २४ वटा कम्पनीको शेयर बढेकोमा ३१ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोप...