काठमाडौं महानगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएका बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेका छन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि काठमाडौंको मेयरबाट राजीनामा दिएर उनी आइतबार पहिलो पटक रास्वपा कार्यालय पुगेका हुन् । उनलाई स्वागत गर्न पार्टी कार्यालयमा सयौं युवाको भीड लागेको छ । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा सार्ने यस अघि नै घोषणा गरिसकेको छ । उनीसँगै हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुधन गुरुङ पनि ...