काठमाण्डौ महानगरको मेयरबाट बालेन शाहको राजीनामा

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाउनुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि शाहले राजीनामा दिनुभएको हो । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरि स्वेच्छाले राजीनामा पेश गरेको पत्...