उम्मेदवारी दर्ताको समय सार्न आयोगलाई दलहरूको आग्रह

काठमाण्डाै – आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सार्न दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार पर्सि मनोनयन दर्ता तोकिएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न आग्रह गरेका हुन् । यद्यपि निर्वाचन आयोगले अहिलेसम्म समय सार्ने विषयमा निर्णय नगरेको र छलफलकै क्रममा रहेको जनाएको छ । मुख्यगरि कांग्रेसको...