काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ । आज दिउँसो तामझामसहित वनस्थलीमा रहेकाे पार्टी कार्यालयमा प्रवेश गर्नुभएका शाहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका छन् । रास्वपामा वरिष्ठ नेताका रूपमा समाहित भएयता उहाँको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । गएकाे पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका शाहलाई आउँदाे चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घ...