काठमाडौंका नदी किनारामा २० मिटरको मापदण्ड लागू गर्ने फैसला सर्वोच्चले उल्ट्यायो
काठमाडौं उपत्यकाका नदी किनारामा २० मिटर छाड्नु पर्ने भनी यसअघि गरेको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।
न्यायाधीश सुनिल पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलालको पूर्ण इजलासले आइतबार सर्वोच्चको पुरानो फैसला उल्ट्याएको हो ।