बालुवाटारमा प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, मन्त्रीहरू पनि सहभागी

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा आयोगका पदाधिकारी र सरकारका मन्त्रीहरू सहभागी छन् । निर्वाचन तयारी सम्बन्धमा छलफल भएको आयोग स्रोतले जानकारी दियो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मंगलबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ । आयोगले आज रातिदेखि नै आचार संहिता लागू गर्ने निर्णय गरेको छ ।