भारतको विद्युतीय सवारी (ईभी) बजारले सन् २०२५ मा महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। इन्डिया इनर्जी स्टोरेज एलायन्स (आईईएसए) ले बाहन पोर्टलको तथ्यांकका आधारमा तयार पारेको वार्षिक प्रतिवेदन: इन्डिया ईभी मार्केट २०२५ अनुसार वर्षभरिमा कुल २३ लाख ईभी बिक्री भएका छन्, जुन कुल नयाँ सवारी दर्ताको ८ प्रतिशत हो। यस साता सार्वजनिक गरिएको प्रतिवेदनमा वर्षभरि ईभीको अपनत्व क्रमिक रूपमा बढ्दै गएको र नीतिगत प्रोत्साहनसँगै अन्तिम त्रैमासिकमा चाडपर्वको प्रभावले बिक्रीमा तीव्र वृद्धि भएको उल्लेख छ। सन् २०२५ मा भारतको समग्र अटोमोबाइल बजारमा २ क...