विष्णु पौडेललाई पाल्पा पठाउने निर्णय सच्याउन एमाले क्षेत्रीय कमिटीको आग्रह

नेकपा एमाले क्षेत्र नम्बर २ रूपन्देहीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपाध्यक्ष विष्णु पौडेललाई पाल्पाबाट उम्मेदवार बनाउने निर्णय सच्याउन माग गरेको छ । आइतबार बुटवलमा बसेको सातौं पूर्ण बैठकले रूपन्देही २ भूगोल भएका प्रभावशाली नेता पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय सच्चाउन माग गरेको हो । एमाले केन्द्रीय सदस्य गोपाल रानाले रूपन्देहीबासीले पौडेललाई यहीँ क्षेत्रबाट जिताउने बताउँदै केन्द्रीय सचिवालयलाई निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको बताए । पौडेललाई कार्यकर्ता र बुटवलका जनताको भावनाअनुसार चुनाव...