सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएपी चन्द्र खड्काले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा धरान १४ की यशोदा श्रेष्ठलगायत छन् । अन्य ३ जनाको सनाखत भएको छैन । बस ब्रेक फेल भएर घरको भित्तामा ठोकिएको उनले बताए । दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।