काठमाण्डाै – सुनसरीकाे धरानमा रहेकाे जिरो पोइन्टमा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । धनुषाकाे जनकपुरबाट धरानकाे भेडेटार घुम्न आएकाे टाेली बाेकेकाे बस आज दिउँसाे दुर्घटना भएकाे हाे । दुर्घटनामा ३ पुरुष र २ महिला गरि ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गुमाउनेकाे परिचय खुलिसकेकाे छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपच...