शेखरको भेलामा प्रश्न– हामीलाई टिकट कसले दिने, गगन कि तपाईंले ?

विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भएपछि अन्योलमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला आइतबार बस्यो । बत्तिसपुतलीस्थित अनुपमा फूडल्यान्डमा तीन घण्टाभन्दा बढी भएको भेलामा पार्टीलाई कसरी अघि बढाउने मात्र होइन, आफ्नो समूहको अस्तित्व जोगाउँदै कसरी अघि बढ्ने ? भन्ने विषयमा समेत सहभागीहरूले धारणा राखे । सहभागीहरूले आसन्न निर्वाचन कसरी फेस गर्ने ? पार्टीको १५ औँ महाधिवेशनको तयारी कसरी गर्ने ? समूहलाई कसरी सक्रिय रूपमा अघि बढाउने ? लगायतका विषयमा केन्द्रित रहेर पालैपालो धारणा राखेका थिए । दिउँसो ...